भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्यामा ८७ हजार हजार बढी थपिए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्यामा ८७ हजार हजार बढी थपिए

काठमाडौँ, २० भदौ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ८७ हजार ११५ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा कोरोना भाइरस संक्रमितको ४० लाख २० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ६९ हजार ६३५ पुगेको छ । । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनाको मृत्यु वर्ल्डोमिटर्सले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.