वीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 September 2020

वीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु


सुरुङ्गा, ५ असोज :
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनु भएको हो ।

झापा मेचीनगरकी ७२ वर्षीया बृद्धालाई कन्काई अस्पतालले रिफर गरेपछि आइतबार वीपीमा भर्ना गरिएको थियो । छाती दुख्ने, शरीरमा कमजोरी र न्यूमोनियाको लक्षण देखिएको बृद्धाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । वीपीको कोभिडमा भर्ना गरिएपछि आइतबार राती ९ः२० बजे नै मृत्यु भएको हो ।

यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन वार्डमा भदौ ३० गते भर्नापछि उपचारतः इनरुवाकी ४२ वर्षीया महिलाको सोमबार दिउँसो २ बजे मृत्यु भएको छ । मृगौलाको समस्या भएकी महिलाको असोज १ गते वीपीकै ल्याबमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.