काठमाडौँ उपत्यकामा ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

काठमाडौँ उपत्यकामा ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, २२ भदौ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा  ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । काठमाडौँमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० गरी काठमाडौँ उपत्यकामा  ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ७ सय ३६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नेपालमा १६ हजार २ सय ५९ जना सक्रिय सङ्क्रमित छन् । यस्तै ४ हजार ७ सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसवीचमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिइएको छ । आज मृत्यु हुनेहरुमा काठमाडौँकी ३७ वर्षिया, ९० वर्षिया, ८३ वर्षिया महिला र कास्कीकी ६३ वर्षिया महिला हुनुहुन्छ । यसैगरी मोरङका ७६ वर्षिया पुरुष, सिराहका ८७ र ६२ वर्षिया पुरुष, सर्लाहीका ३५ वर्षिया पुरुष, दोलखाका ६९ वर्षिया पुरुष र मकवानपुरका ३९ वर्षिया पुरुष हुनुहुन्छ । मन्त्रालयले दिएको जानकारी अनुसार ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा २४ जना, वागमती प्रदेशमा १११ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५मा २१ जना, कणर्ली प्रदेशमा ३ र सुदुरपश्चिममा १ जना गरी देशभर १७१ जनाको आइसियुमा उपचार भइरहेको छ । यसैगरी वागमती प्रदेशमा १८ जना र प्रदेश ५ मा २ जना गरी देशभर १७१ जनाको भेण्टिलेटरमा उपाचार भइरहेको मन्त्रालयले जनाएको छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.