डोल्पामा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 9 September 2020

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते

डोल्पा, २४ भदौ : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने नेटाज्युलामा ट्याक्टर दुर्घटना भएको छ । भे १ त ९७८१ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

आज बिहान बालुवा बोकेर पहाडतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका १ का १६ बर्षीय हरि कठायत, सोही ठाउँका ३३ बर्षीय लोकमान श्रेष्ठ, १२ बर्षीय शक्तिमान कठायत, १६ बर्षीय कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

घाइते सबैको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

चालक हस्त बहादुर परियारको अबस्था सामान्य छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारले जानकारी दिनुभएको छ ।

ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.