अमेरिकामा टिकटकमाथि घाेषणा भएकाे प्रतिबन्ध हट्याे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 September 2020

अमेरिकामा टिकटकमाथि घाेषणा भएकाे प्रतिबन्ध हट्याे

अमेरिका, ४ असोज : अमेरिकामा भिडियाे शेयरिङ चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध नलाग्ने भएको छ ।

अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्स तथा अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबीचको सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति दिएसँगै टिकटकले निरन्तरता पाएको हो ।

चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको आरोप लगाएर राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको भन्दै राष्ट्रपति ट्रम्पले टिकटकमाथि प्रतिबन्धको घोषणा गर्नुभएको थियो । टिकटकले भने यस्तो आरोप अस्वीकार गरेको छ ।

सञ्चालन अधिकारका बारेमा अमेरिकी कम्पनीहरुसँग सम्झौता भएपछि राष्ट्रपति ट्रम्पले अब सुरक्षा शतप्रतिशत निश्चित भएको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकामा टिकटकका झण्डै १० करोड प्रयोगकर्ता रहेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.