गलिसकेको जिन्दगी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 30 September 2020

गलिसकेको जिन्दगी

सुनु आचार्य

गलिसकेको छ मेरो जिन्दगी
छैन अब केही आश पनि 
ढलि सकेको छ मेरो जिन्दगी
लाग्छ छैन बाँकी  केही शास पनि

गर्छु म स‌ंघर्ष गर्न पनि डराउदिन
भनि गर्व खाेज्दा खै केही पाउँदिन
साेच्छु  विहानीकाे मिर्मिरे सँगै 
ढल्दै जान्छ दिन अनि गल्दै जान्छु म पनि

नयाँ दिनकाे नयाँ जाेश सँगै
थाेरै मुस्कुराउने काेशिस मेराे
पाउँदिन केही बहाना पनि
ढल्दै जान्छ दिन अनि गल्दै जान्छु म पनि

आँखाभरि आँशु भए पनि
ओठमा मुस्कान ल्याउने काेशिस मेराे
जारी छन् जिन्दगीमा गर्नै पर्ने स‌ंघर्ष पनि
जति सुकै चलाउ जाेश म हारिसकेकाे जिन्दगी मेराे

छैन केही सपनाहरु पनि
सबै चकनापचुर भई फुटिसके
साँचेका केही रहरहरु पनि 
नयनका ती आँशुसँग बगिसके

सुनु आचार्य 
२०७७ असोज

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.