मेरो देश : नेपाल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 September 2020

मेरो देश : नेपाल

स्नेहा न्यौपाने
भारत र चीनबीचको एउटा सानो देश
जहाँ कयौँ छन् मानिस, तीनका भाषा अनि भेष

छन त कत्ति छैन, यसको लम्बाइ र क्षेत्रफल
तर पनि सानो बगौँचामा फलेका छन् धेरै जातका फल

सवोच्च शिखर सगरमाथा र दोस्रो शिखर कञ्चनजङ्गा हुन् हाम्रो धन
बर्षेनी सयौं विदेशी नेपाल भित्रिन्छन् लागेर यही मन

हिमाल पहाड र तराई गरी तीन भागमा विभाजित छ नेपाल
तीन नै भागमा बस्ने मानिसका रुप रङ र भेषभाषा छन् विशाल 

सिमाना हाम्रो पूर्वमा मेची पश्चिममा महाकाली
सार्वभौम फैलिए पनि हाम्रो एउटै मातृभूमि

हिमाली भागमा चिसो मौसम त पहाडी भागमा मध्यम
तराईमा धेरै गर्मी भएपनि जनजाति यही बस्छन्

प्राकृतिक सुन्दरतामा सबैलाई उछिनेको देश 
शान्तिका प्रतिक गौतम बुद्ध जन्मिएको देशः मेरो नेपाल

कमलो मनका साथै दह्रो साहस भएका मानिस छन् यहाँ
नारी साहसकी उदाहरण पासाङ्ल्यामु शेर्पाको जन्म भयो यहाँ

तिन्जुरेको रनवनले सबैको मन लोभ्याउँछ
बाह्रै महिने हान्थ्रुङ झरना कसले पो बिर्सिन्छ

इलामको सुन्दरताले नेपालको शान झनै बढाएको छ
त्यहीको चिया बगानको चिया विश्वभरि नै छाएको छ 

विभिन्न मठ मन्दिर र मस्जिदहरु छन् यहाँ
तेतीस कोटी देवता र अल्लाहलाई पूजिन्छ जहाँ

कयौं विरले सिमा बचाउन आफ्नो ज्यानको बली दिए
हाम्रो देशमा नराम्रो आँखा लाउनेहरु गोर्खाली खुकुरीले मारिए

जब देश बचाउने पालो हाम्रो आयो
मित्रताको नाममा भ्रष्टाचार बढ्न थाल्यो

देशमा भ्रष्टाचार बढेको कसैले वास्ता गर्दैन
लाल्ची संसारका स्वार्थ मानिसले भ्रष्टाचार विरुद्ध कोही बोल्दैन

तर,
विर पुर्खाको रगत र पसिना अब खेर जाँदैन
भोलिका कणर्धारले अब देश भ्रष्टाचार तर्फ लाँदैन



No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.