धादिङमा स्क्रव टाइफसको संक्रमण बढ्दै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 8 September 2020

धादिङमा स्क्रव टाइफसको संक्रमण बढ्दै

धादिङ, २३ भदौ : धादिङ जिल्लामा कोरोना भाइरसको संक्रमणको दर दैनिक जसो बढिरहेको बेला फेरि स्क्रव टाइफस पनि महामारीकै रुपमा देखा पर्न थालेको छ ।

गत महिनादेखि हालसम्म स्क्रव टाइफसबाट संक्रमित ७६ जान भेटिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

आजकाल जिल्ला अस्पताल धादिङमा दिनहुँजसो स्क्रव टाइफसका विरामीहरु उपचारका लागि आउने गरेका छन ।

उच्च ज्वरोको उपचारका लागि आएका विरामीहरुको रगत जाँच्दा यो रोग फेला पर्ने गरेको छ ।

धादिङमा गत तीन वर्षदेखि देखा पर्दै आएको यो रोग यो वर्ष गत असारको अन्तिम सातामा फटफुट देखा परेको थियो ।

कोरोनाको संक्रमणका कारण विरामीहरु उपचारका लागि अस्पतालसम्म पनि नआई रहेको बेला यससँग मिल्दो जुल्दो लक्षण देखा परेका विरामीहरु गाउँघरतिर पनि रहेको स्थानीय बताउँछन ।

अस्पतालमा ज्वरो आएका विरमीहरु सकेसम्म उपचार गर्न नआउने भएकाले गर्दा स्क्रव टाइफसको उपचारमा समस्या उत्पन्न भएको छ ।

यस रोगलाई महामारीको रुपमा फैलन नदिन आफ्नो घर वरपर फोहर र झाडी हुन नदिने साथै मुसाको नियन्त्रण गर्नु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

बिशेषगरि खेत र झाडीमा बस्ने संक्रमित मुसामा हुने Rickettsia tsutsugamushi नामक सुक्ष्म किराको टोकाइबाट मानिसमा यो रोग लाग्ने गर्दछ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.