आजको राशिफल।। आज वि.सं. २०७७ असोज ११ गते आइतवारकाे राशिफल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 27 September 2020

आजको राशिफल।। आज वि.सं. २०७७ असोज ११ गते आइतवारकाे राशिफल

वि.सं. २०७७ असोज ११। आइतवार। इ.स. २०२० सेप्टेम्बर २७। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। एकादशी, २१:२९ उप्रान्त द्वादशी।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले पनि सामान्य सहयोग जुटाउनेछन्। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। हतारकाे निर्णय त्रुटिपूर्ण हुन सक्छ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ। निम्तो आए पनि भेटघाट गर्न केही समय प्रतीक्षा गर्नुहाेला। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। व्यापारको बहानामा यात्राकाे अवसर भने जुट्न सक्छ।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ। मिहिनेत नपुग्दा अध्ययनमा प्रगति नहुन सक्छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वादविवादले काममा बाधा पुर्याउनेछ, सजग रहनुहोला। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। प्रतिस्पर्धामा भने सावधान रहनुहोला।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला।

कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.