मन्त्रीपरिषद चाँडै हेरफेर हुन्छ- प्रवक्ता ज्ञवाली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 30 September 2020

मन्त्रीपरिषद चाँडै हेरफेर हुन्छ- प्रवक्ता ज्ञवाली


काठमाडाैँ, १४ असाेज :
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको निरन्तरको छलफलपछि अब छिटै मन्त्रीपरिषद हेरफेर तथा बिस्तार हुने भएको छ ।

नेकपा स्थायी कमिटी र सचिवालय बैठकले दिएका सुझावहरुलाई आधार बनाएर पार्टीका दुई अध्यक्षबीच यसै विषयमा छलफल भैरहेको र अब चाँडै प्रधानमन्त्रीले मन्त्रीपरिषदमा केही हेरफेर गर्ने सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल बिस्तार र हेरफेरसँगै संबैधानिक निकायमा रिक्त पदाधिकारी तथा राजदूतहरुको नियुक्तिको बिषयमा पनि छलफल भैरहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

हाल बिभिन्न संबैधानिक निकायमा ४० पद रिक्त छन् । 

मन्त्रीपरिषद बिस्तार सँगै केही मन्त्रालय बिभाजन गरेर मन्त्रालयको सङ्ख्या बढाउने चर्चा चलिरहेका वेला सरकारका प्रवक्ता ज्ञवालीले संबिधानको सिमाभित्र रहेर कतिपय मन्त्रालयका नमिलेका कार्य क्षेत्र मिलाइने स्पष्ट पार्नुभयो ।

नेकपा भित्र देखिएको आन्तरिक बिबाद, पार्टीको स्थायी कमिटी र सचिवालयको बैठकपछि सहमतिमा टुङ्गिएको थियो ।

त्यस लगतै पार्टीका दुबै अध्यक्ष मन्त्रिपरिषद बिस्तार , बिभिन्न आयोगमा नियुक्ति लगायत पार्टी र सरकारलाई प्रभावकारी बनाउने लगायतका बिषयमा गम्भीर छलफल गरिरहनुभएको छ। त्यसैले दुबै अध्यक्षले अव गर्ने निर्णय र कदमलाई राजनीतिक बृत्तमा महत्वका साथ हेरिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.