सकारात्मक दिशामा गतिशील ढंगले अगाडि बढौं : प्रधानमन्त्री ओली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 September 2020

सकारात्मक दिशामा गतिशील ढंगले अगाडि बढौं : प्रधानमन्त्री ओली


काठमाडौं, ६ असाेज :
प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशामा गतिशील ढंगले अगाडि बढ्नका लागि समाज सेवामा लाग्न सवैलाई आग्रह गर्नुभएको छ ।

४१ औ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषदले आज आयोजना गरेको कार्यक्रमलाई भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले सरकारी, गैर सरकारी, वैयक्तिक ढंगले भन्दा पनि मानवीय भावनाका साथ समाज सेवामा लाग्नुपर्ने बताउनुभययो
प्रधानमन्त्री ओलीले समाजमा गरिवी हटाउने, मौलिक अधिकार दिलाउने लगायतका काम सरकारको भएपनि सरकारले गर्न नसकिरहेको र सामथ्र्यले नभ्याइरहेको ठाउँमा संघसंस्थाले गरिरहेका कामहरु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले भोगीरहेका समस्या केही समयछि भोग्नु नपर्ने हुन सक्छ भन्नुहुदै समाज विकासलाई ठिक ढंगबाट अगाडी बढाउन सबै पक्ष सहयोगी भावना र मानवीय भावना साथ अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले एसिड पीडितसँग गरेको प्रतिबद्धता अनुसार उनीहरुको उपचारको प्रवन्ध गर्नुका साथै जिविकोपार्जनका लागि आम्दानीको प्रवन्ध गर्ने र यस्ता अपराध फेरी नदोहोरियोस् भनेर कडा कानुन ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको विकासका कार्यक्रलाई पनि राष्ट्रिय गौरबको आयोजनाको रुपमा अगाडी बढाउनु पर्ने बताउनुभयो ।

उहाँले बालबालिकाको सर्वाङ्गीण विकास, महिला हिंसा, छाउपडी जस्ता विकृतिको अन्त्य गर्दै समाजलाई अगाडी बढाउने गरी अगामी कार्यादिशा तय गर्न लागिएको बताउनुभयो ।

समाजकल्याण परिषदका अध्यक्ष समेत रहनु भएका मन्त्री गुरुङले समाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको कामलाई पनि नियमन गर्ने गरी सरकार अगाडी बढेको बताउनुभयो ।

उहाँले सामाजिक क्षेत्रको विकासका लागि सरकार र संघसंस्थाबीच सहकार्य भइरहेको बताउनुहुदै प्रचलित ऐन कानुन विपरित काम गर्ने संघसंस्थालाई कानुन बमोजिम ल्याउन समाज कल्याण परिषद मार्फत काम भैरहेको स्पष्ट समेत पार्नु भयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.