चीनले सीमा मिचेकाे छैन भन्नु सरकारकाे हताराे टिप्पणी : कांग्रेस - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 September 2020

चीनले सीमा मिचेकाे छैन भन्नु सरकारकाे हताराे टिप्पणी : कांग्रेस


काठमाडाैँ, ८ असाेज :
नेपाली कांग्रेसले नेपाल र चीनको सीमासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर स्थलगत अध्ययनको विवरण आउनुभन्दा पहिले नै सीमा मिचिएको छैन भनेर धारणा सार्वजनिक गर्नु गलत भएको बताउनुभएको छ ।

सरकारको जिल्लामा रहेका संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोलीको स्थलगत अध्ययन जारी रहँदै, अध्ययन पूरा गरेर सदरमुकाम फर्कनुभन्दा पहिले नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसङ्गत नभएको उहाँको भनाइ छ ।


सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु उचित हुने कांग्रेसले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.