काँग्रेसले वीपी जयन्ती भर्चुअल माध्यमबाट कार्यक्रम गरी मनाउँने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 8 September 2020

काँग्रेसले वीपी जयन्ती भर्चुअल माध्यमबाट कार्यक्रम गरी मनाउँने

काठमाडौं, २३ भदौ : नेपाली काँग्रेसले जननेता वीपी कोइरालाको १०७ औं जन्म जयन्ती भदौ २४ गतेदेखि बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ ।

तर यस पटकको कार्यक्रममा भर्चुअल मिडियाको प्रयोग गरिने काँग्रेसले जनाएको छ ।

यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र बिदेशस्थित जनसम्पर्क समितिहरुलाई केन्द्रीय समितिका तर्फबाट काँग्रेस केन्द्रिय कार्यालयले परिपत्र गरेको छ।

कोरोना प्रतिकुलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्य रुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न काँग्रेसले सबै नेता तथा कार्यकर्ताहरुलाई आग्रह पनि गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.