नेपाल र चीनबीच सीमा विवाद छैन : चीन सरकार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 September 2020

नेपाल र चीनबीच सीमा विवाद छैन : चीन सरकार


काठमाडाैँ, ७ असाेज :
केही सञ्चार माध्यमहरुले हुम्लामा रहेको नेपाली भूभागमा चीनले घरहरु निर्माण गरेको भन्ने झुठो समाचार सम्प्रेषण गरेको भन्दै, चीन सरकारले उक्त समाचारको खण्डन गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ्ग सियालोङ्गले चीनले नेपालको भौगोलिक अखण्डताको सधै सम्मान गर्ने बताउनुभएको छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा बाहिर ल्याएको हो ।

समाचारमा देखाइएका घरहरु चीनतर्फका भू-भागमा पर्ने बताउनु हुँदै प्रवक्ता वाङ्गले नेपाली पक्षद्वारा उक्त क्षेत्रको पुनःअवलोकन र प्रमाणीकरण गर्न चिनियाँ सरकार तयार रहेको बताउनु भयो ।

नेपाल र चीनबीच सीमाका विषयलाई लिएर कुनै विवाद नरहेको बताउनु हुँदै प्रवक्ता वाङ्गले सीमा व्यवस्थापनमा दुई देश निरन्तर सम्पर्कमा रहेको बताउनुभयो ।

नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

हेर्नुस् चिनियाँ दूतावासका प्रवक्ताको छोटो विज्ञप्तीको पूर्णपाठ :
‘चीन र नेपाल मित्रवत छिमेकी हुन् । चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ ।

मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ । नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्ने छ । चीन र नेपालबीच सीमा विवाद छैन । दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन् ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.