सात अन्तर्राष्ट्रिय उडान : ६०१ यात्रु फर्किए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 4 September 2020

सात अन्तर्राष्ट्रिय उडान : ६०१ यात्रु फर्किए

काठमाडौँ, १९ भदौ  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् । 

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौँ ल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा चार यात्रु लगेको छ । फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौ ल्याएको छ । आज नेपाल एयरलाइन्सले हङकङबाट चार हजार ८८७ किलो कार्गो नेपाल ल्याएको छ । कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र दुई शव नेपाल ल्याएको छ । शनिबार विभिन्न एयरलाइन्सका सात अन्तर्राष्ट्रिय उडान हुनेछन् । 

आन्तरिकतर्फ आज सात उडान भएका छन् । कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एयरको सिमिकोट, बुद्ध एयरको लोकल र मनाङ एयरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.