पेरिसडाँडामा नेकपा सचिवालय बैठक जारी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 September 2020

पेरिसडाँडामा नेकपा सचिवालय बैठक जारी

काठमाडौं, ४ असोज : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा एकीकरणपछि पहिलोपटक बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्छ । बैठकमा पार्टी एकिकरणको बाँकी काम लगायत आन्तरिक व्यवस्थापनको कामबारे छलफल भइरहेको छ ।

यसअघि गत शुक्रबार तय गरिएको सचिवालय बैठक स्थगित गरी आजका लागि सारिएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.