२४ घण्टामा १३२५ जनामा काेराेना सङ्क्रमण, ९६६ जना डिस्चार्ज - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 September 2020

२४ घण्टामा १३२५ जनामा काेराेना सङ्क्रमण, ९६६ जना डिस्चार्ज

काठमाडाैँ, ४ असोज : नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय २२ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नाै हजार पाँच सय ८४ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय २५ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा नाै सय ६६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४६ हजार दुई सय ३३ पुगेको छ । 

अब नेपालमा १७ हजार चार सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय ५१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ११ ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.