नेकपाको स्थायी कमिटी बैठक आउँदाे शुक्रबार बस्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

नेकपाको स्थायी कमिटी बैठक आउँदाे शुक्रबार बस्ने

काठमाडाैँ, २२ भदौ : झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आउँदो शुक्रबार बस्ने भएको छ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको बैठकले २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । 

प्रधानमन्त्रीले विधि र पद्धति मिचेर सरकार चलाएको, पार्टीका निर्णय नमानेको, सरकारको बदनाम हुनेगरी नियुक्ति र निर्णय गरेकोलगायतका आरोप लागेपछि गएको साउन १३ गतेयता बैठक बस्न सकेको छैन ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.