नेकपा स्थायी कमिटी बैठक ११ बजे बालुवाटारमा बस्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 11 September 2020

नेकपा स्थायी कमिटी बैठक ११ बजे बालुवाटारमा बस्ने

काठमाडौं, २६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज विहान ११ बजे बस्दैछ । यसअघि कार्यदलले तयार गरेको प्रतिवेदन समेटेर अध्यक्षद्वयले तयार गर्नुभएको प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठकको प्रस्ताव सदस्यहरुलाई वितरण गरिसकिएको छ ।

अध्यक्षद्वयको प्रस्तावको पूर्ण विवरण पनि सञ्चार माध्यममा सार्वजनिक भइसकेको छ । कार्यदलले तयार गरेको प्रतिवेदन छलफल पछि परिमार्जन सहित स्थायी कमिटीले पारित गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

उहाँकाअनुसार स्थायी कमिटी बैठकले पार्टीमा नयाँ सहमति, गुटबन्दीको अन्त्य र अग्रगतिमा अगाडि बढ्ने प्रण गर्नेछ । यसअघि गत साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि बैठक बस्न सकेको थिएन । पार्टी भित्रको आन्तरिक विवाद सल्टाउन ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनका आधारमा पार्टीलाई थप एकतावद्ध र सुदृढ बनाएर अघि बढ्ने अध्यक्षद्वय सहमत हुनुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.