एक जिल्लाबाट अर्को जिल्ला जानेले आफ्नै खर्चमा १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

एक जिल्लाबाट अर्को जिल्ला जानेले आफ्नै खर्चमा १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने

काठमाडाैँ, २५ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको छ । 

त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा बस्दा आफैले सम्पूर्ण खर्च बेहाेर्नुपर्ने मन्त्रालयले जनाएकाे छ । 

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

१४ दिन क्वरेण्टीनमा बस्दा कुनै लक्षण नदेखिएमा भने पीसीआर परीक्षण गर्नुपर्ने छैन । यस्तै ७२ घण्टाअघिको पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्र नेपाल आउन अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

गएकाे २४ घण्टामा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण देखिएसँगै नेपालमा सङ्क्रमितकाेे कुल सङ्ख्या ५० हजार नाघेकाे छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.