झापामा कृषि ज्ञान केन्द्रको भवन उद्घाटन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

झापामा कृषि ज्ञान केन्द्रको भवन उद्घाटन

झापा, २० भदौ : झापाको भद्रपुरमा रु दुई करोड १५ लाख ८९ हजार १२१ को लागतमा नवनिर्मित कृषि ज्ञान केन्द्र भवनको उद्घाटन गरिएको छ । 

प्रदेश नं–१ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले भवनको उद्घाटन गर्दै अब स्थानीय तहलाई नै कृषि पकेट क्षेत्रको विकास गर्ने अधिकार प्रदान गरिएको बताउनुभयो । 

सो भवनको निर्माण विसं २०७५ साउन १० गते सम्पन्न हुने गरी खनाल एण्ड आशिषदीप जेभी भद्रपुरले विसं २०७३ माघ २६ गते ठेक्का सम्झौता गरेको थियो । तर सो समयमा भवन सम्पन्न नभएपछि २०७७ असार ३० गतेसम्मका लागि भवन निर्माणको म्याद थपिएको थियो । 

कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु सात करोड ४८ लाख एक हजार र सङ्घीय सरकारबाट रु चार करोड ४५ लाख ९८ हजार गरी जम्मा रु ११ करोड ९३ लाख, ९९ हजार बजेट विनियोजन भएको बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.