मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 11 September 2020

मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

सुरुङ्गा, २६ भदौ : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसातापछि बिहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट शुक्रबार पुनः पोजेटिभ आएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षण हराउँदै गएकाले पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले पुष्टी गरेकाे हाे । मन्त्री घिमिरेको प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतका अनुसार रुघाखोकी लाग्ने र शरीर दुख्ने लक्षणबाहेक झाडापखाला, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या भने हट्दै गएको छ । उहाँका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिनुअघि उहाँलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । पीसीआर परीक्षण गर्न स्वाब पठाएर उहाँ भदौ १३ गतेदेखि ‘होम आइसोलेसनमा’ बस्नुभएकाे छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.