आजदेखि आन्तरिक हवाई उडान शुरु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 September 2020

आजदेखि आन्तरिक हवाई उडान शुरु


काठमाडौं, ५ असाेज :
आजदेखि नियमित तालिका अनुसार आन्तरिक हवाई उडान शुरु हुँदैछ ।

सरकारले स्वास्थ्य मापदण्ड पालना गरी नियमित तालिका अनुसार आन्तरिक हवाई उडान शुरु गर्ने अनुमित दिएपछि उडान शुरु भएको हो ।

आन्तरिक उडानका बेला प्रत्येक उडानमा मास्क,सेनिटाइजर जस्ता स्वास्थ्य मापदण्डलाई अनिवार्य गरिएको छ ।

बन्दाबन्दी र निषेधाज्ञाको समयमा पनि छिटपुट रुपमा संचालनमा रहेको आन्तरिक उडान अवदेखि भने नियमित सुचारु गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवराज केसीले जानकारी दिनुभयो ।

त्यसो त निश्चित मापदण्डसहित सीमित सङ्ख्यामा अन्तरराष्ट्रिय उडान भने गत भदौ १६ गतेदेखि नियमित भइरहेको छ ।

पीसीआर सहज भएका मुलुकबाट नियमित अन्तरराष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् ।

बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका थिए ।

अहिले अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक २० वटा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.