आईपीएलमा राजस्थान रोयल्ससँग साविक उपविजेता चेन्नई सुपरकिङ्ग्स पराजित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 September 2020

आईपीएलमा राजस्थान रोयल्ससँग साविक उपविजेता चेन्नई सुपरकिङ्ग्स पराजित


काठमाडाैँ, ७ असाेज  :
इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटको चौथो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । यूएईस्थित शारजाह क्रिकेट रंगाशालामा हिजो साँझ भएको खेलमा राजस्थानले गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्ग्सलाई १६ रनले हराउँदै लिगमा आफ्नो विजयी शुरूवात गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २ सय १६ रन जोड्न सफल भयो । २ सय १७ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा चेन्नईले २ सय रन मात्र बनाउन सक्यो । राजस्थानको जितमा सञ्जु स्यामसनले ७४ रन र स्टीभ स्मीथले ६९ रनको योगदान गरे ।

यसैबीच आज कोलकाता नाईट राईडर्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । शेख जायद रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

कोलकाताले लिगको आफ्नो पहिलो खेल खेल्दैछ भने साविक विजेता मुम्बई इन्डियन्स आफ्नो पहिलो खेलमा साविक उपविजेता चेन्नईसँग पाँच विकेटले पराजित भएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.