जुम्लामा अनसनरत डा केसीलाई उपचारका लागि काठमाडौं ल्याइयो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 September 2020

जुम्लामा अनसनरत डा केसीलाई उपचारका लागि काठमाडौं ल्याइयो


काठमाडौं, ६ असाेज :
जुम्लामा आठ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई हिजो समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो ।

डा केसीको चाहना अनुसार नै उहाँको स्वास्थ्य अवस्थालाइ ध्यानमा राखेर नै काठमान्डौ पठाइएको उहाँले जानकारी दिनुभयो । पन्ध्रौ सत्याग्रहमा जुम्ला बस्नुभएका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गर्नुभएको थियो । काठमाडौं पुगेपछि पनि सत्याग्रह जारी राख्ने डा केसीले बताउनुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.