भारतीय विदेशमन्त्रीले चिनियाँ विदेशमन्त्रीसँग रुसमा भेट्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

भारतीय विदेशमन्त्रीले चिनियाँ विदेशमन्त्रीसँग रुसमा भेट्ने

मस्को, २५ भदौ : भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गर्नुहुने भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को विदेश मन्त्रीहरुको बैठकका क्रममा उहाँहरुबीच भेटवार्ता हुन लागेको हो । रुसको राजधानी मस्कोमा बिहीबार उहाँहरुबीच भेटवार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला ती देशका विदेश मन्त्रीहरुका बीचमा हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।भारतका र चीनको सिमानामा पर्ने लद्दाखका केही ठाउँमा भिडन्त समेत भएका समाचारहरु आएका थिए ।गत शुक्रबार पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षा मन्त्री जनरल वाई फेङ्गबीच मस्कोमै भेटवार्ता भएको थियो । रासस / एएनआई

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.