चन्द्रगढी विमानस्थलबाट उडान शुरु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 September 2020

चन्द्रगढी विमानस्थलबाट उडान शुरु


झापा, ५ असोज :
पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् ।

विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले ६५ जना र १२ः४५ बजे यति एयरले ६८ जना यात्रु बोकेर चन्द्रगढी विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लागू गरेको बन्दाबन्दीयता मुलुकभरका विमानस्थल बन्द छन् । चन्द्रगढी विमानस्थलबाट चार्टर उडानसमेत भएको थिएन । यात्रु सुरक्षाका लागि विमानस्थलमा सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर गर्ने र लामबद्ध हुने व्यवस्था मिलाइएको हुँदा खासै भीडभाड नभएको विमानस्थल प्रमुख पौडेलले बताउनुभयो ।

छ महिनापछि विमानस्थलबाट उडान सञ्चालन हुँदा यात्रुमा खुशी छाएको अनिमेष ट्राभल्सका प्रबन्ध निर्देशक गोपाल खनालले बताउनुभयो । (रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.