काठमाडाैँमा विहानै भूकम्पकाे ठूलाे धक्का महशुस, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु, ६ रेक्टर स्केल मापन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 16 September 2020

काठमाडाैँमा विहानै भूकम्पकाे ठूलाे धक्का महशुस, सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु, ६ रेक्टर स्केल मापन

काठमाडाैँ, ३१ भदौ : काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ। बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएको हो। 

केहीबेरसम्म भूकम्पकाे कम्पन निरन्तर रहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। 

क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.