ड्रयागन फ्रुटलाइ स्रोत बँगैचाको रुपमा विकास गर्दै कालीगण्डकी गाउँपालिका - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 9 September 2020

ड्रयागन फ्रुटलाइ स्रोत बँगैचाको रुपमा विकास गर्दै कालीगण्डकी गाउँपालिका

स्याङ्जा, २४ भदौ : सिउँडी प्रजातिको नौलो फल ड्रयागन फ्रुट नेपालमा पनि लोकप्रीय हुन थालेको छ । दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फललाइ स्यङ्जाको कालीगण्डकी गाउँपालिकाले स्रोत बगैँचाको रुपमा विकाश गर्न सुरु गरेको छ ।

पालिकाको पहिचान नै यस फलबाट बनाउने उदेद्दयले स्रोत बगैँचा स्थापना गर्दै प्रत्येक किसानलाइ विरुवा वितरण गर्न बगैँचाको निर्माण गरिएको हो । यस बँगैचाबाट आगामी बर्ष दश हजार विरुवा उत्पादन हुने र कृषकलाइ वितरण गरिने गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।

माटो परिक्षण गरेर यस क्षेत्रमा ड्रयागन फलफुलको सम्भावना देखेपछी पालिकाले मुख्य खेती ड्रयागन फलफुल बनाउन अभियान सुरु गरेको हो । यस खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषक उत्साहित भएको गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले बताउनुभयो ।

संङ्घीय सरकार अन्तर्गत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको ४० लाख र स्थानीय तहको १० लाखको लागतमा स्रोत बँगैचा निर्माण गरिएको हो । पालिकाले २४ रोपनी जग्गा भाडामा लिएर १५ वर्षको लागि बँगैचा निर्माण गर्नेछ । नौलो फलफुललाइ स्थानीय सरकारको पहिचान बनाउने भएपछि बाँदर आतङ्कले पीडित कृषकलाइ पनि केही राहत मिल्ने विश्वास लिइएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.