डा.केसीसँग तत्काल वार्ता सुरु गर्न कांग्रेसको अपिल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 September 2020

डा.केसीसँग तत्काल वार्ता सुरु गर्न कांग्रेसको अपिल


काठमाडौं, ८ असाेज :
कांग्रेसले अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा देखिएको बढ्दो प्रतिकूलता दृष्टिगत गरी ‘इमान्दार वार्ता र सार्थक कार्यान्वयन’मा तदारुकता प्रस्तुत गर्न सरकारसँग अपिल गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, सुधारका लागि उच्चस्तरीय माथेमा कार्यदल बनाइएको र प्रा. डा. केसीका माग पूरा गर्दै जारी गरिएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ ले मार्गप्रशस्त गरेकाले वर्तमान सरकारले इमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेलासम्म फरक उचाइमा पुगिसकेको हुने जनाएका हुन्।

डा.केसीको अहिलेको अनशनका समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारसँग कांग्रेसले अपिल गरेको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.