कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक

काठमाडौँ, २२ भदौ : विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ । निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको सो फिल्म बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट आज सार्वजनिक भएको हो । 

निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई फिल्ममार्फत उतारिएको जानकारी दिनुभयो । फिल्मको छायाङ्कन तथा सम्पादन बरुण कोइरालाले गर्नुभएको छ । ‘ढोका’ लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकार आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.