ट्रिनबागो चौथो पटक क्यारेबियन लिगको उपाधि उचाल्न सफल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 11 September 2020

ट्रिनबागो चौथो पटक क्यारेबियन लिगको उपाधि उचाल्न सफल

काठमाडौं, २६ भदौ : ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा सेन्ट लुसिया जुक्सलाई आठ विकेटले हराउँदै ट्रिनबागोले चौथो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।

जुक्सले प्रस्तुत गरेको १५५ रनको औसत लक्ष्य ट्रिनबागोले १८ ओभर एक बल खेल्दै मात्र दुई विकेटको क्षतिमा १५७ रन बनाएर पुरा गर्यो । 

लिगको उपाधि जित्दा ट्रिनबागोले आफ्नो अविजित यात्रा समेत जारी राख्यो । १९ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको ट्रिनबागोलाई ओपनर लेन्डी सिमोन्सले ८४ रनको अविजितर पारी खेलेर जितसम्म पुर्याउनुभयो । उहाँले मात्र ४९ बलको सामना गरेर आठ चौका र चार छक्काको सहयोगमा ८४ रन बटुल्नुभयो । डारेन ब्राभो अविजित रहँदै ५८ रनको योगदान दिनुभयो । जुक्सका लागि टम वेब्स्टरको विकेट रोष्टन चेजले लिनुभयो । स्कट कुग्लैजनले टिम सैफर्टको क्याच विकेटकीपरको हातमा थमाउँदा ट्रिनबागो १९ रन जोडेको थियो ।

यसअघि टरौबामा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको जुक्सले पाँच बल खेल्न बाँकी छँदै मात्र १५४ रनमा समेटिन पुग्यो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.