रुसमा निर्मित कोरोनाविरुद्धको खोप भारतसहित अन्य देशमा पनि परीक्षण गरिने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 8 September 2020

रुसमा निर्मित कोरोनाविरुद्धको खोप भारतसहित अन्य देशमा पनि परीक्षण गरिने

मस्को, २३ भदौ : रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।

स्पुत्निक-५ नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण एकै पटक धेरै मुलुकमा गर्न लागिएको हो । यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा आइसक्ने जानकारी दिइएको छ ।

रुसले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको छ । अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले खोप उपयोगी हुनसक्ने विश्वास गरिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.