थप २४६ जनामा कोरोनाभाइरस सङ्क्रमण, कुल २० हजार ३३२ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

थप २४६ जनामा कोरोनाभाइरस सङ्क्रमण, कुल २० हजार ३३२

काठमाडौं, १८ साउन : कोरोनाभाइरसका थप २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या २० हजार ३३२ पुगेको बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १११ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २२, ललितपुरमा आठ र भक्तपुरमा एकजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.