खाँदबारी आइसोलेसन तोडफोडका आरोपी दुई जनामा पनि देखियो कोरोना - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 29 August 2020

खाँदबारी आइसोलेसन तोडफोडका आरोपी दुई जनामा पनि देखियो कोरोना

खाँदबारी, १३ भदौ : केही दिन अघि हिमालय किरण पब्लिक क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोडको आरोपी मध्ये २ जनामा कोरोना संक्रमण भएको पाइएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ भई हिरासतमा रहेको बर्ष ६० र ६२ का दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पन्तका अनुसार उनीहरु एक समूह ८२ घण्टादेखि र अर्को समूह ४१ घण्टादेखि हिरासतमा रहँदै आएका छन् । उनीहरुलाई हिरासतमा रहदै संक्रमण भएको वा बाहिर नै संक्रमण भएको भन्ने यकिन नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले बताउनुभयो ।

उनीहरु बाहिर रहँदै संक्रमण भईसकेको पनि हुनसक्ने बताउनु हुँदै समुदाय स्तरमा पनि कोरोना भाइरस फैलिएको हुन सक्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । समुदाय स्तरमा कोरोना हुन सक्ने भएकोले घरमै रहन, अत्यावश्यक काममा बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य कार्यालय संखुवासभाले विज्ञप्ती मार्फत अनुरोध गरेको छ । हिरासतमा रहँदै आएका दुईजनामा पनि हिजो कोरोना पोजेटिभ भेटिएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.