वराहक्षेत्रमा ढुङ्गा पन्छाउनेक्रममा १ युवाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

वराहक्षेत्रमा ढुङ्गा पन्छाउनेक्रममा १ युवाको मृत्यु

सुनसरी, १८ साउन : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराघाटमा ढुङ्गा पन्छाउने क्रममा १ युवाको ज्यान गएको छ ।

शनिबार बिहान जेसिबीले सडकमा खसेको ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा भोजपुर आमचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

स्वामी नारायण एण्ड आशिर्वाद कम्पनीले सामान ल्याउने क्रममा बाटोमा गएको पहिरो पन्छाउँदा ढुङ्गा खसेको थियो । कम्पनीको १ क १७६० नम्बरको जेसिभीले सडकको पहिरोलाई पन्छाउने क्रममा ढुङ्गा खसेर राईलाई लागेको थियो । राईको घटनास्थलमै मृत्यु भएको हो ।

शनिबार भएको घटनामा अर्का उनीसँगै रहेका दाजु ३० वर्षीय शङ्कर राई र १० वर्षीय अजय राई गम्भीर घाइते बनेको इलाका प्रहरीकार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिनुभयो ।

७ जनाको समूहमा भोजपुरको आमचोक जाँदै गरेको उनीमध्ये चारजना भने थप चार जना सकुशल रहेका छन् । ३० वर्षीय महेन्द्र राई, ९ वर्षीया समीक्षा राई, २४ वर्षीय विशाल राई, ६२ वर्षीया बुद्धिमाया राई सकुशल रहेका छन् ।

मृतक राजकुमारको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । जेसिबी चालक झापा गौरीगञ्जका ३६ वर्षीय कमलबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर राजवंशीले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.