सिन्धुपाल्चाेक पहिराे : ११ जनाकाे शव भेटियाे, हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइँदै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 14 August 2020

सिन्धुपाल्चाेक पहिराे : ११ जनाकाे शव भेटियाे, हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइँदै

सिन्धुपाल्चोक, ३० साउन : जुगल गाउँपालिका वडा नम्बर २ काे लिदीमा शुक्रबार खसेकाे पहिरामा परेर हराएकामध्ये ११ जनाको शव भेटिएको छ ।

पहिरोमा ११ जनाको शव भेटिएको र पहिरोमा हराइरहेका अन्य २७ जनाको खोजी भइरहेको सिन्धुपाल्चाेकका प्रमुख जिल्ला अधिकारी उमेश ढकाले बताउनुभयाे । पहिरोले ३७ वटा घरमा क्षति पुर्‍याएको छ । तीमध्ये १३ वटा घर पूरै भत्किएको छ ।

पहिरोमा परेर घाइते भएका पाँच जनाको उद्धार गरी उपचारकाे लागि चौतारा र काठमाण्डाै ल्याएको सभामुख अग्निप्रसाद सापकोटाले निकालेको विज्ञप्तिमा उल्लेख छ । पहिरो प्रभावितलाई हेलिकोप्टरमार्फत राहत सामग्री पठाउने काम भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.