वडाध्यक्ष नै आन्दोलनमा ! - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 31 August 2020

वडाध्यक्ष नै आन्दोलनमा !

सुरुङ्गा, १५ भदौ : कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिकामा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको आरोप लगाउँदै जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । 

गाउँपालिकाले रकम विनियोजन गर्दा विभेद गरेको र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको जनाउँदै वडाध्यक्षसहित स्थानीय युवा विरोधमा उत्रिएको कचनकवल– ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष अञ्जारा आलमले कार्यपालिकाको बैठक नै नराखी आफूखुशी ६० लाखको बजेट सिलिङ १० लाखमा झारेको, राजश्व परामर्श समितिको निर्णयविपरीत तीन गुणासम्म कर बढाएको जनाउँदै वडा नम्बर २, ४,६ र ७ का वडाध्यक्षसहित स्थानीयले गाउँपालिकाको कार्यशैलीप्रति विरोध गरिरहेका छन् । उनीहरुले गाउँपालिकाको निर्णय सच्याउन माग राखेर दुई पटकसम्म यसअघि गाउँपालिकामा तालाबन्दी गरेका थिए । 

विरोधसभालाई वडा नं २ का अध्यक्ष मेखबहादुर भट्टराई, वडा नं ४ का अध्यक्ष परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडा नं ७ का अध्यक्ष भरत राजवंशीसहित विद्यार्थी नेता रोशन लामालगायतले गाउँपालिका अध्यक्ष र राप्रपा पार्टी एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.