मेची अस्पतालमा दुईदिनदेखि पिसिआर परीक्षण अबरुद्ध - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 30 August 2020

मेची अस्पतालमा दुईदिनदेखि पिसिआर परीक्षण अबरुद्ध

झापा, १४ भदौ : झापाको मेची अस्पतालमा हुँदैआएको पिसिआर परीक्षण सेवा रोकिएको छ । प्रयोगशालामा आवश्यक पर्ने पिसिआर प्लेटको प्लास्टिक कभर सकिएपछि दुईदिन देखि पिसिआर परिक्षण रोकिएको हो ।

स्वीस् सरकारबाट प्राप्त पिसिआर मेसिन अन्य मेसिन भन्दा फरक भएकाले प्लेट कभर आवश्यक पर्ने प्रविधिकको भनाई छ ।

कोरोना परिक्षण सेवा रोकिएको प्रदेश सरकारलाई जानकारि गराईसकिएको र पिसिआर प्लेट कभर प्राप्त हुनासाथ सेवा पूर्ववत सन्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.