गाेङ्गबु हत्या प्रकरण : आराेपित महिला सार्वजनिक, यस्ताे छ घटनाकाे नालीबेली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 11 August 2020

गाेङ्गबु हत्या प्रकरण : आराेपित महिला सार्वजनिक, यस्ताे छ घटनाकाे नालीबेली

काठमाडाैँ, २७ साउन : दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरेर चितवनको कालिकानगर नगरपालिका-७ घर भई काठमाडाैँ गोङ्गबुमा बस्दै आएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

हत्यापछि एम्बुलेन्स चढेर चितवन पुगेकी पौडेललाई आज बिहान काठमाडाैँ ल्याएको प्रहरीले केहीबेरअघि सार्वजनिक गरेको हो । पौडेलले बोहरालाई दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट हालेर खुवाएको र लठ्ठ भएपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको काठमाण्डौ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार हत्या भएका बोहरा आठ महिनादेखि होटलमा बस्दै आउनुभएको र पौडेलसँग फेसबुकमार्फत चिनजान बढेको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा पौडेलकी छोरीलाई पनि प्रहरीले चितवनबाटै पक्राउ गरेको छ ।

‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भन्नुभयाे,‘केही दिनअघि उनले कृष्णबहादुरलाई दहीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।’

सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो कुकुर हो।

एसएसपी ज्ञवालीले भन्नुभयाे,‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिन्छ।’ 
काठमाडाैँको टोखा नगरपालिका वडा नम्बर १० को गोङ्गबु नवज्योति मार्गमा अस्ति आइतबार बोहोराको शव टुक्रा पारेर फालेको अवस्थामा भेटिएको थियो । शव टुक्रा–टुक्रा अवस्थामा भेटिएपछि प्रहरीलाई बोहराको पहिचान गर्नै समय लागेको थियो । 

प्रहरीले सोमबार बोहराको अनुहार सामाजिक संजालमा हालेपछि पहिचान खुलेको थियो । त्यसलगत्तै थालिएको अनुसन्धानका आधारमा प्रहरीले कल्पना मुडभरी पौडेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कसरी भयो हत्या ?
रोल्पा रुन्तीगढी गाउँपालिका स्थायी घर भै गोेगबुमा बस्ने मृतक बोहोरा र काठमाडौंको टोखा नगरपालिका १० बस्ने अभियुक्त कल्पनाबिच लामो सम्बन्ध रहेको अनुशन्धानबाट खुलेको एसएसपी थापाले बताउनुुभयो ।

मृतक आठ महिनादेखि गोगबुको होटलमा बस्दै आएको र तीन चार महिनादेखि फेसबुुकमार्फत चिनजान भएको थियो । मृतक अभियुक्तको कोठामा समय समयमा आउने गरेको अनुशन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

मृतकले अभियुक्तको फोटो फेसबुकमा राखेर आफू अनुुकुुल चलाउन खोजेपछि हत्या भएको बताइएको छ । हत्या भएको दिनमा समेत मृतक बोहोरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नंम्बरको स्कुुटर प्रयोग गरेर अभियुक्तको कोठामा पुगेका थिए । कोठामा पुगेपछि अभियुक्तले मासु चिउरा,दही र भोड्का खान दिएको खुलेको छ ।

अभियुक्तले दिएको दहीमा दहीमा पाँच पिस स्लिपिङ ट्यावलेट हालेपछि मृतक लठ्ठ भएको मौकामा मारतोल(ह्यामर) ले प्रहार गरेका थिए । त्यसपछि मृतकलाई सलको प्रयोग गरि घाँटीमा थिचेर मृत्युभएको यकिन गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ । निजलाई धारिलो हतियारको प्रयोग गरेर टाउको र खुट्टा छिनाइ झोलामा आफैले राखेर फालेको अनुशन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार शवको बाँकी रहेको भाग कालो रंङ्गको सुटकेसमा राखेर पश्चिमबाटोको छेउमा फालेर कोठामा फर्किआएकी थिइन । साउन २५ गते चितवनबाट बिरामी लिएर आएको चिनेजानेको एम्बुलेन्ससँग समन्वय गरेर उनी चितवन भागेकी थिइन ।

प्रहरीले अभियुक्तको कोठाबाट घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्यामर, रगत लतपतिएको पंञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग भएको कालो रंगको सल, सुटकेसको ह्याण्डल, नाम्लोमा प्रयोग हुने डोरीको टुक्रा, स्लिपिङ ट्यावलेटको खोल र मोवाइल सेटहरु बरामत गरेको छ ।

प्रहरीले शव व्यवस्थापनमा सहयोगिको भुमिका निभाउने १५ बर्षको विद्यार्थीलाई समेत नियन्त्रणमा लिएको छ । अभियुक्त केही टेलिश्रृंखलाहरुमा अभिनय गर्ने कलाकार समेत हुन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.