बाँकेमा एकै दिन ३० जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 9 August 2020

बाँकेमा एकै दिन ३० जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, २५ साउन : बाँकेमा आज ३० जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा वडा प्रहरी कार्यालय नेपालगन्जका २९ जनासहित ३० जना प्रहरीलाई कोरोना पुष्टि भएको हो ।

ती मध्ये एक जना बागेश्वरी मन्दिरमा ड्युटी भएका प्रहरी हुन् । वडाका प्रहरी इन्चार्जलाई पनि कोरोना देखिएको छ ।

यसअघि वडा प्रहरी कार्यालयका छ जना प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा प्रहरी कार्यालय सिल गरिएको थियो ।

आज मात्रै ३० जना प्रहरीसहित बाँकेमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

भेरी अस्मापतालमा आज गरिएको परीक्षणमा दाङकातीन जनालाई पनि कोरोना पुष्टि भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.