पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 31 August 2020

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

काठमाडाैँ, १५ भदौ : पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको जानकारी दिइएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार ३ जना महिला र ४  जना पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले जनाकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षण गरेकोमा ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ गरी २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

पछिल्लो २४ घण्टामा ५ सय ८८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४ सय १० पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १७ हजार ८ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ७ हजार ३ सय ३७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.