पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १२ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 28 August 2020

पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १२ जनाको मृत्यु

काठमाडाैँ, १२ भदौ : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार चार सय ५६ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय २७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिइएको हो । आज, कोरोना भाइरसको संक्रमणबाट ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको मन्त्रालयले जनाकारी दिएको छ । मन्त्रालयका अनुसार देशभर १६४ जनाको आइसियुमा उपचार भइरहेको छ । हाल प्रदेश नम्बर १ मा ३ जना र बाग्मती प्रदेशमा १७ जना र प्रदेश ५ मा २ जना भेण्टिलेटरमा उपाचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार २ सय २९ जनाको पीसीआर परीक्षण गरेकोमा ९ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज संक्रमति हुनेमा ३ सय ३४ जना महिला र ५ सय ९३ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी ४१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

पछिल्लो २४ घण्टामा १ सय ६९ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार २ सय ४२ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १६ हजार १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ८ हजार ९ सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.