प्रहरी अस्पतालका दुई डीआईजीमा कोरोना सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 16 August 2020

प्रहरी अस्पतालका दुई डीआईजीमा कोरोना सङ्क्रमण

काठमाडौँ, ३२ साउन : नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पाइएको छ । सो अस्तपालमा कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताउनुभयो ।

नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ । यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.