आज प्रदेश १ मा थपिए ६१ संक्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 8 August 2020

आज प्रदेश १ मा थपिए ६१ संक्रमित

सुरुङ्गा, २४ साउन : प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थप भएका छन् ।

मोरङमा ४८, सुनसरीमा १० र तीन जना प्रदेश बाहिरका गरी ६१ जना संक्रमित थपिएका हुन् । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकाका २६ पुरुष, ७ महिला, बुढीगंगा गाउँपालिकामा १२ पुरुष, धनपालथान र कटहरी गाउँपालिकाका र उर्लाबारी नगरपालिकाका एक /एक जना महिला संक्रमित थपिएका छन् । 

यसैगरि सुनसरीको धरान उपमहानगरपालिकाका २ महिला २ पुरुष, दुहवी नगरपालिकाका तीन पुरुष एक महिला, इनरुवा नगरपालिकाका दुई पुरुष संक्रमित भएका छन् । साथै प्रदेश २ को महोत्तरी जिल्लाका एक महिला एक पुरुष र सप्तरीका एक पुरुष कोरोना संक्रमित भएका हुन् । 

प्रदेश १ मा शनिवारसम्म कोरोना संक्रमितको संख्या एक हजार तीन सय ८३ जना पुगेको छ ।

प्रदेश १ मा आज एक हजार पाँच सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.