वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी महिलामा काेराेना पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 9 August 2020

वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी महिलामा काेराेना पुष्टि

वीरगञ्ज, २५ साउन : वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

वीरगञ्ज महानगरपालिका २ काे छपकैयाकी महिलाकाे उपचारकाे लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति ज्यान गएको थियो ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनुभयो ।

ती महिलालाई पहिला वीरगञ्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल , वयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेको आफन्तले बताएका छन् । 

अन्तिममा नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयरमा समेत उपचार नभएको आफन्तको गुनासो छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.