निषेधेज्ञा भए पनि उपत्यकामा कारोना संक्रमणको जोखिम बढ्दो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 29 August 2020

निषेधेज्ञा भए पनि उपत्यकामा कारोना संक्रमणको जोखिम बढ्दो

विपिन ढकाल 
काठमाडौं, १३ भदौ : निषेधेज्ञा जारी भए पनि उपत्यकामा पछिल्लो समय कोरोनाको जोखिम बढिरहेको छ । विश्वभर फैलिरहेको कोरोना भाईरसको जोखिमबाट यतिबेला बिश्व नै आक्रन्त बनिरहेको बेलामा बाक्लो जनसंख्या रहेको उपत्यकामा पनि दिनप्रतिदिन कोरोनाको जोखिम बढिरहेको छ । 

उपत्यकामा कुल संक्रमितको संख्या ४ हजार बढी छ । शुक्रबार मात्र काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी उपत्यकामा ४१५ जना संक्रमित थपिए । बिहीबारदेखि ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । काठमाडौंमा त धेरै अघि नै सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको थियो । अहिलेसम्म पहिचान भएका संक्रमितमध्ये केहीको कन्ट्याक्ट ट्रेसिङ गर्न बाँकी रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । शनिवार पनि देशभर ८ सय ८४ मा कोरोना भाईरस पुष्टि भएको थियो । ती मध्ये उपत्यकामा मात्रै १ सय ८६ जानामा कोरोना संक्रमण देखिएको थियो । 

काठमाडौंमा शुक्रबारसम्म ३ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ भने ३४६ जना निको भएका छन् । ३ हजार ९३ जना सक्रिय संक्रमित छन् ।

ललितपुरमा ५८६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जनाको मृत्यु भएको छ भने ५५ जना निको भएका छन् । ५१७ जना सक्रिय संक्रमित छन् ।

भक्तपुरमा ३५४ जनामा संक्रमण देखिएको छ । तीमध्ये ३ जनाको मृत्यु भएको छ भने ४६ जना निको भएका छन् । जिल्लामा ३१७ जना सक्रिय संक्रमित छन् ।

उपत्यकामा साउन ७ गतेदेखि भदौ १२ गतेसम्मको अवधिमा सबैभन्दा बढी बुधबार ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । भदौ ११ गते ३७७, भदौ १० गते ३०१, भदौ ९ गते २३२, भदौ ८ गते २२४, भदौ ७ गते १६६, भदौ ६ गते २१६, भदौ ५ गते १८२ र भदौ ४ गते २ सय जनामा संक्रमण देखिएको थियो ।प्रशासन कार्यालयहरुले निषेधाज्ञाको आदेश जारी गर्नुअघि भदौ ३ गते १५९, भदौ २ गते २०५, भदौ १ गते १६८ जनालाई संक्रमण पुष्टि भएको थियो ।लकडाउन खुलेको दिन साउन ७ गते जम्मा ३ जनालाई मात्र संक्रमण देखिएको थियो । साउन ८ गते ९, साउन ९ गते १०, साउन १० गते ३, साउन ११ गते ८, साउन १२ गते ६, साउन १३ गते ५३, साउन १४ गते १५, साउन १५ गते ४८, साउन १६ गते ३८ जनालाई संक्रमण देखिएको थियो । तर, शुक्रबारसम्म आइपुग्दा उपत्यकाका तीन जिल्लामा गरी संक्रमितको संख्या ४ हजार ८११ पुगेको छ ।

कोरोना भाइरस को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २र२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भने निषेधाज्ञाको अवधिमा महामारी नियन्त्रण गर्न के-कस्तो काम भयो भन्ने अबको २ देखि ३ हप्तामा देखिने बताउँछन् ।

उनका अनुसार अहिले उपत्यकामा भेटिएको संक्रमण निषेधाज्ञा गर्नुअघि फैलिएको संक्रमण हो । ‘यो निषेधाज्ञामा महामारी नियन्त्रण गर्न सरकारले के गर्‍यो वा गरेन भनेर अहिले हामीले बोल्नै पर्दैन, अबको २ हप्तापछि तथ्यांकले बोल्छ’ डा. कोइराला भन्छन्, ‘दुई हप्तापछि संक्रमित घट्न थाले भने सरकारले लकडाउन गरेर महामारी नियन्त्रणमा जुटेछ भन्ने बुझ्नुपर्छ, संक्रमित बढिरहे भने सरकारले लकडाउन गरेर चूप लागेर बसेछ भन्ने बुझ्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित भएको जिल्ला काठमाडौं हो ।
संक्रामक रोग विशेषज्ञ डा. कोइराला भन्छन्, ‘दुई हप्तापछि संक्रमित घट्न थाले भने सरकारले लकडाउन गरेर महामारी नियन्त्रणमा जुटेछ भन्ने बुझ्नुपर्छ, संक्रमित बढिरहे भने सरकारले लकडाउन गरेर चुप लागेर बसेछ भन्ने बुझ्नुपर्छ ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.