वीरगञ्जमा थप एक सङ्क्रमित महिलाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

वीरगञ्जमा थप एक सङ्क्रमित महिलाको मृत्यु

वीरगञ्ज, १८ साउन : शनिबार साँझ ६ बजे वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ ।

शुक्रबार राति अबेर आएको पीसीआर रिपाेर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको जानकारी दिनुभयो ।

साउन १४ गते स्वास्थ्य अवस्था बिग्रिएर उपचारको लागि वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा भर्ना भएकी ६८ वर्षीय महिलालाई शुक्रबार राति कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने शनिबार छ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई डिस्चार्ज भएपछि कोभिड अस्पतालमा ल्याउने तयारी गर्दागर्दै महिलाको मृत्यु भएको डा. सिंहले बताउनुभयो ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.