एकै वडामा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 14 August 2020

एकै वडामा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

तनहुँ, ३० साउन : भानु नगरपालिकाको वडा नम्बर १ मा एकैदिन २० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको पीसीआर रिपोर्टमा १४ पुरुष र ६ महिला गरी २० जनामा कोरोना पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयाे ।

कोरोना भाइरसको संक्रमण हुनेहरुमा २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८ र ३५ वर्षका पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षका महिला रहेको जनाइएको छ । 

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा तनहुँका २० र स्याङ्जाका एक गरी थप २१ जनामा कोरोना पुष्टि भएको गण्डी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार गत सोमबार २ जनाको रिपोर्ट पोजिटिभ आएपछि कन्टयाक ट्रेसिङमार्फत १२२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८४ जनाको रिपोर्ट आएकोमा २० जनाको पोजिटिभ र बाँकीको नेगेटिभ देखिएकाे छ। उहाँले ३८ जनाको रिपोर्ट आउन बाँकी रहेकाे  जानकारी दिनुभयाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.