कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 30 August 2020

कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु

धरान, १४ भदौ : सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे कोभिड १९ अस्पतालमा धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

एक हप्ता देखी ज्वराे, अत्यधिक खोकी र श्वास फेर्नमा समस्या लिएर गम्भिर अवस्थामा आमालाई प्रतिष्ठानमा शनिबार साँझ भर्ना गरिएकाे र त्यसकाे करिब २५ मिनेकाे अन्तरालमा साेहि समस्या रहेका छाेरा भर्ना गरिएकाे प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताउनुभयाे । उहाँका अनुसार दुबैमा आजै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । आज बिहान साढे ८ बजे मृत्यु ७.४५ बजे छाेराेकाे मृत्यु भएकाे र ८.३० बजे आमाकाे मृत्यु भएकाे  प्रतिष्ठानले जानकारी दिएको छ ।

सापकाेटाका अनुसार ७४ वर्षीय आमा मधुमेह , उच्च रक्त चापकाे दिर्ग राेगी हुन् भने, ६० बर्षीय छाेरामा मधुमेहको समस्याका साथै २ महिनादेखि कलेजोमा पनि समस्या देखिएको थियाे । मृतक दुवैको शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.